पार्वत गुरुङ दोलखा जिल्लाबाट प्रतिनिधि सभा सदस्यको रूपमा निर्वाचित हुनु भएको छ। जनताको मतबाट प्राप्त जिम्मेवारीलाई सम्मान गर्दै उहाँले संघीय संसदमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
निर्वाचन क्षेत्र
दोलखा जिल्ला – हिमाली तथा पहाडी भूगोल समेटिएको विविध सामाजिक र सांस्कृतिक पहिचान भएको क्षेत्र। स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका विषयमा केन्द्रित भई निरन्तर पहल।
चुनाव परिणाम
जनताको स्पष्ट समर्थनसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित। मतदाताको विश्वासलाई विकास र सुशासनमार्फत प्रत्युत्तर दिने प्रतिबद्धता।
मन्त्री तथा सरकारी भूमिका
नीति निर्माणदेखि कार्यान्वयनसम्मको अनुभव
सञ्चार तथा सूचना प्रविधि मन्त्री
डिजिटल नेपाल अभियान, सूचना प्रविधि पूर्वाधार विस्तार र सञ्चार क्षेत्र सुधारमा नेतृत्वदायी भूमिका।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
सामाजिक सुरक्षा, संरक्षण नीति तथा समावेशी कार्यक्रम कार्यान्वयनमा सक्रिय पहल।
नीति निर्माण र आर्थिक भिजन
दृष्टि, लक्ष्य र प्रतिबद्धता
विगतका परम्परागत विकासका मोडलले मात्र अब पुग्दैन। मेरो राष्ट्रिय स्तरको व्यापारिक र नीति-निर्माणको अनुभवले भन्छ; हामीले अन्तर्राष्ट्रिय बजारलाई सोलुमा ल्याउनुपर्छ। मेरो प्राथमिकता:
क्लाइमेट फाइनान्स’, ‘स्की-भिलेज’, र ‘ग्रीन डाटा सेन्टर’ जस्ता आधुनिक परियोजनामार्फत गाउँमै रोजगारी सिर्जना गर्ने।
जलविद्युतमा स्थानीयको शेयर ग्यारेन्टी।
हरेक पालिकामा ‘बिजनेस इन्क्युबेसन सेन्टर’ र प्राविधिक शिक्षा।
२०४६ सालदेखी नेकपा एमालेबाट संगठित रुपमा राजनीतिक यात्रा प्रारम्भ गरेपश्चात म अनवरत राजनीतिक जिम्मेवारीमार्फत सामाजिक उन्नयनमा लागिरहेको छु । २०४६ सालमा एमाले सुरी गाउँ कमिटीको सचिव, २०५३ सालमा एमाले दोलखा जिल्ला कमिटी सदस्य हुँदै पोलिटव्युरो सदस्य सम्म रहेँ । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा दोलखाबाट निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी भन्दा ३० हजार बढि मतान्तरले जिजयी भई २०७२ सालको संविधान जारी गर्न एउटा संविधानसभा सदस्यको रुपमा सक्दो भुमिका खेलेँ । यस्तै संविधान कार्यान्वयन पश्चात मुलुक संघिय संरचनामा गएसंगै भएको २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५५ हजार ९ सय ५४ मत प्राप्त गरि निर्वाचित भएँ । २०७५ सालदेखी २०७८ सालसम्म नेपाल सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक र सञ्चार तथा सुचना प्रविधि मन्त्रीको भुमिका कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गरेँ । दुई वटा मन्त्रालयको नेतृत्व सम्हाल्ने क्रममा भएका कार्यसम्पादन एवम् उपलब्धीहरुप्रति म गर्व गर्दछु ।
२०४६ सालदेखी नेकपा एमालेबाट संगठित रुपमा राजनीतिक यात्रा प्रारम्भ गरेपश्चात म अनवरत राजनीतिक जिम्मेवारीमार्फत सामाजिक उन्नयनमा लागिरहेको छु । २०४६ सालमा एमाले सुरी गाउँ कमिटीको सचिव, २०५३ सालमा एमाले दोलखा जिल्ला कमिटी सदस्य हुँदै पोलिटव्युरो सदस्य सम्म रहेँ । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा दोलखाबाट निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी भन्दा ३० हजार बढि मतान्तरले जिजयी भई २०७२ सालको संविधान जारी गर्न एउटा संविधानसभा सदस्यको रुपमा सक्दो भुमिका खेलेँ । यस्तै संविधान कार्यान्वयन पश्चात मुलुक संघिय संरचनामा गएसंगै भएको २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५५ हजार ९ सय ५४ मत प्राप्त गरि निर्वाचित भएँ ।
२०७५ सालदेखी २०७८ सालसम्म नेपाल सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक र सञ्चार तथा सुचना प्रविधि मन्त्रीको भुमिका कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गरेँ । दुई वटा मन्त्रालयको नेतृत्व सम्हाल्ने क्रममा भएका कार्यसम्पादन एवम् उपलब्धीहरुप्रति म गर्व गर्दछु ।